| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
वंशज नेपाली नागरिकता प्रमाणपत्र |
|||||||||||
|
१)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम । २) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति । ३) हालसालै खिचिएकोे फोटो ४ प्रति । ४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता । ५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति । ६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता । ७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने । ८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत । ९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र । १०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । |
|||||||||||
| 2 |
वैवाहिक अंगीकृत नागरिकता |
|||||||||||
|
अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि । विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति । |
|||||||||||
| 3 |
कर्मचारी परिवारको नाताले नागरिकता प्रमाणपत्र लिंदा |
|||||||||||
|
जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । र तोकिएको प्रमाणित अनुसूची फारम–२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति | पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत । |
|
||||||||||
| 4 |
कर्मचारी परिवारको नातालेनागरिकताको प्रमाणपत्र लिंदा |
|||||||||||
|
जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । र तोकिएको प्रमाणित अनुसूची फारम–२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति । पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत । |
|||||||||||
| 5 |
नेपाली नागरिकताको प्रतिलिपि |
|||||||||||
|
तोकिएको ढाँचामा निवेदन । ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण । अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति । |
|||||||||||
| 6 |
(राहदानी द्रुत सेवा सिफारिसको लागि) सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा |
|||||||||||
|
५ प्रति एमआरपी साईजको फोटो र ३ प्रति फारम । १ प्रति नागरिकता प्र.प.को प्रतिलिपि । |
|||||||||||
| 7 |
(राहदानी सामान्य सिफारिसको लागि) सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा |
|||||||||||
|
६ प्रति एमआरपी साईजको फोटो र २ प्रति फारम । २ प्रति नागरिकता प्र.प.को प्रतिलिपी । |
|||||||||||
| 8 |
(राहदानी नावलकको हकमा) सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा |
|||||||||||
|
नाबालक परिचय पत्रको २ प्रति प्रतिलिपि । अन्य प्रक्रिया क्र.सं. २.१ को क र ख अनुसार । |
|||||||||||
| 9 |
राहदानी हराई अर्का बनाउनु परेमा |
|||||||||||
|
अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार । |
|||||||||||
| 10 |
राहदानी भिजेको, केरमेट वा च्यातिएको |
|||||||||||
|
अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार । च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी । च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको निवेदन । |
|||||||||||
| 11 |
वसाईसराईको हकमा |
|||||||||||
|
बसाईसराईको प्रमाण र स्थायी वसोवास खुल्ने जग्गाधनी घरवासको प्रमाण । |
|||||||||||
| 12 |
कर्मचारी परिवारको हकमा |
|||||||||||
|
कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत । |
|||||||||||
| 13 |
विवाह भै आएको महिलाको हकमा |
|||||||||||
|
विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता । |
|||||||||||
| 14 |
नावालक परिचयपत्र |
|||||||||||
|
निवेदन । स्थानीय तहको सिफारिस । बावु र आमाको ना.प्र.प. नक्कल र नाता प्रमाणित । जन्मदर्ता प्र.प. नक्कल । एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कल । फोटो ३ प्रति । |
|||||||||||
| 15 |
संस्था दर्ता सम्बन्धी |
|||||||||||
|
४ प्रति विधान । (साधारण सभाले अनुमोदन गरेको ।) तोकिएको ढाँचामा निवेदन । संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि । स्थानीय तहको सिफारिस । तदर्थ समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प. नक्कल र प्रहरी प्रतिवेदन । |
|||||||||||
| 16 |
संस्था नविकरण |
|||||||||||
|
निवेदन । आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र । लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्रतिलिपि । स्थानीय तहको सिफारिस । लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन । समितिका पदाधिकारीहरुको बैठकको निर्णय । सक्कल प्रमाण पत्र । तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ । |
|||||||||||
| 17 |
(सिफारिस) भारतिय सैन्य पेन्सन |
|||||||||||
|
निवेदन । पारिवारिक विवरण खुलेको (नामथर, जन्म मिति, विवाह मिति, मृत्यु मिति, नाता) सिफारिस । पेन्सनवालाका पारिवारिक नाता प्रमाणित । पेन्सनवालाको मृत्यु भएमा हुने नामसारीमा मृतको मृत्यु दर्ताको प्रमाणपत्र, विवाह दर्ता, पेन्सनपट्टा र नागरिकताको प्रमाणपत्र । स्थानीय सर्जमिन मुचुल्का । |
|||||||||||
| 18 |
(सिफारिस) नाता प्रमाणित |
|||||||||||
|
निवेदन । सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित गा.वि.स.बाट सिफारिस । स्थानीय तहको नाता प्रमाणपत्रको नक्कल प्रति । सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो । |
|||||||||||
| 19 |
अन्य सिफारिस |
|||||||||||
|
निवेदन । सिफारिस माग गरेको व्यहोरा बमाजिमको स्थानीय तहको सिफारिस । आवश्यकतानुसार सर्जमिन मुचुल्का । र सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । |
|||||||||||
| 20 |
राहत वितरण |
|||||||||||
|
निवेदन । स्थानीय तहको सिफारिस । सर्जमिन मुचुल्का । प्रहरी प्रतिवेदन । सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
|||||||||||
| 21 |
छापाखाना दर्ता सम्बन्धि |
|||||||||||
|
घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन । छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैँक मौज्जाद वा धितो प्रमाणित कागजात) । छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस । निवेदकको नागरिकताको नक्कल प्रति । |
|||||||||||
| 22 |
हातहतियार इजाजत पत्र नविकरण |
|||||||||||
|
तोकिए बमोजिमो निवेदन । हातहतियार राख्न दिएको ईजाजत पत्र । |
|||||||||||
| 23 |
हातहतियारन नामसारी इजाजत पत्र नविकरण |
|||||||||||
|
हातहतियार छोडि दिने, लिने दुवै थरिले तोकिएको ढाँचामा निवेदन । हातहतियार ईजाजत पत्र । |
|||||||||||
| 24 |
धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिस गर्ने |
|||||||||||
|
रितपुर्वक निवेदन । धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक जना स्वास्थ्य तथा शारिरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकमो स्विकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र । अन्य स्वास्थ्य सम्बन्धि विवरण । विवाह दर्ता प्रमाणपत्र । पारिवारिक विवरण । चारित्रिक विवरण आर्थिक स्थितीको विवरण विदेशीको हकमा राहदानी र भीसाको प्रतिलिपी । सम्बन्धित मुलुक वा सो मुलुकमो दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न सहमति दिएको पत्र । अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विदुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र । वेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन । बालबालिका धर्मपुत्र÷धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने । |
|||||||||||
| 25 |
test |
|||||||||||
|
fsafsa |
asfasfs |
||||||||||