Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

झापा, भद्रपुर

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

झापा, भद्रपुर

जिल्ला प्रशासन कार्यालको परिचय :
 २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पश्चात् चुस्त एव विकेन्द्रित प्रशासनको आवश्यकता महशुस गरी वडा हाकीमहरुको नियुक्ति गरेको पाइन्छ । यसै क्रममा गढी, गौडा र गोश्वाराको रुपमा गृह प्रशासनको कार्य संचालन भएको थियो । नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अंचल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार झापा जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । यस कार्यालयको ठेगाना झापा जिल्लाको भद्रपुर नगरपालिका रहेको छ ।

जिल्ला प्रशासन कार्यालयको उद्देश्य :
जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार :
जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने,
आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन,
हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन,
विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन,
सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन,
गैरसरकारी संघ, संस्था दर्ता, नवीकरण र नियमन,
स्थानीय प्रशासनको सञ्चालन,
नागरिकता वितरण,
बाल कल्याण तथा बाल अधिकारको संरक्षण,
भ्रष्टाचार नियन्त्रण,
कार्यालय निरीक्षण तथा अनुगमन,
कल्याण धन र बेवारिसे धनको व्यवस्थापन,
चिठ्ठा, जुवा आदिको नियन्त्रण,
सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण,
विपद् व्यवस्थापन,
मुआब्जा निर्धारण तथा वितरण,
पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस,
जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने,
राहदानी वितरण,
लागू औषध नियन्त्रण र प्रशासन,
जिल्ला स्थित कारागारको व्यवस्थापन,
जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण,
द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण,
निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन,
जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग,
राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण,
जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग,
कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने,
सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने,
जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने