धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक जना स्वास्थ्य तथा शारिरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकमो स्विकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।
अन्य स्वास्थ्य सम्बन्धि विवरण ।
विवाह दर्ता प्रमाणपत्र ।
पारिवारिक विवरण ।
चारित्रिक विवरण
आर्थिक स्थितीको विवरण
विदेशीको हकमा राहदानी र भीसाको प्रतिलिपी ।
सम्बन्धित मुलुक वा सो मुलुकमो दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न सहमति दिएको पत्र ।
अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विदुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र ।
वेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन ।
बालबालिका धर्मपुत्र÷धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने ।