Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

झापा, भद्रपुर

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

झापा, भद्रपुर

विपद् व्यवस्थापन समिति झापाको बैठकको निर्णय

2076-03-27

2076-03-27


१.  झापा जिल्लामा घट्न सक्ने सम्भावित विपदका घटनाहरुवाट हुन सक्ने क्षतिलाइ कम गर्न तथा समयमा नै ति घटनाहरुलाइ व्यस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा जिल्ला विपद व्यवस्थापन समितिको सँयोजनमा तयार भएको झापा जिल्लाको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना (DPRP- Disaster Preparedness and Response Plan )२०७६ लाइ परिमार्जनसहित अनुमोदन गर्ने र उक्त योजनाको कार्यान्वयनका लागि स्थानिय नगरपालिका एवम् गाउँपालिका तथा सरोकारवाला सवैमा लेखि पठाउने ।

२. झापामा वाडी तथा डुवानवाट वढी प्रभावित हुनसक्ने गाउँपालिका एवम् नगरपालिका क्षेत्र तथा आसपासमा रहेका नेपाल प्रहरी एवम् शसस्त्र प्रहरीका चौकी तथा युनिटहरुमा पौडी खेल्ने तथा डुङ्गा चलाउन जान्ने शीप भएका दक्ष जवानहरुलाइ खटाइ पठाउँदा वाडी तथा डुवानवाट गम्भिर रुपमा प्रभावित हुनसक्ने जनसँख्यालाइ विपदवाट हुनसक्ने सम्भावित क्षति कम गर्न सकिने भएकोले सोको अविलम्व व्यवस्था गर्नका लागि जिल्ला प्रहरी कार्यालय तथा शसस्त्र प्रहरी वल नेपाल गण हेड क्वाटर नम्वर २ झापालाइ लेखि पठाउने ।

३. झापामा मनसुनि वर्षा शुरु भएको र स्थानिय नदिनाला तथा खोलाहरुमा वाडी आइ जनधनको क्षति गर्न सक्ने सम्भावना उच्च भएकोले सम्भावित विपदवाट हुनसक्ने क्षति कम गर्न उच्च सतर्कता अपनाइ तत्कालै मानविय सहायता तथा राहतका लागि जुट्न सवै सुरक्षा निकाय तथा स्थानिय तहहरु एवम् विपद क्लष्टरमा रहेका सवै निकायहरु एक आपसि समन्वयमा रहि २४ सै घन्टा तयारी हालतमा वस्ने ।