Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समिति झापाको अनुरोध

2076-03-27

2076-03-27


जिल्ला विपद् व्यवस्थापन समिति झापाको अनुरोध

                                                                                                                                                                          मिति -२०७६।०३।२७

     जल तथा मौसम विज्ञान विभागका अनुसार देश भरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काइ नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता तह पार हुन सक्ने सम्भावना समेत रहेकाले उक्त नदि किनार आसपास तथा जिल्लामा रहेका अन्य नदी, खोला किनार, विगतमा बाढी पसी रहने तथा डुवान प्रभावित क्षेत्रहरुमा बसोबास गर्नुहुने सर्वसाधारण महानुभावहरुमा उच्च सर्तकता सहित सुरक्षित तवरले रहनुहुन अपिल गरिन्छ । साथै विपद् व्यवस्थापनमा क्रियाशिल सरोकारवाला सुरक्षा निकाय तथा स्थानीय तहहरु एवम् विपद् क्लस्टरमा रहेका अन्य सबै निकायहरु एक आपसी समन्वयमा रही मानवीय सेवा तथा राहत कार्यका लागि चौबिसै घण्टा तयारी हालतमा बस्न हुन अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-14 12:50:57

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .