Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

FST बेठक सम्बन्धमा

2076-03-01

2076-03-01


               

 

यहि मिती २०७६ जेठ २४ (June 7, 2019) मा नेपाल भारत संयुक्त फिल्ड सर्भे टिमको दोश्रो वैठक नेपालको विराटनगरमा सम्पन्न भएको छ ।वैठकले दुवै तर्फका फिल्ड टोलीका प्रमूखहरुले प्रस्तूत गरेका प्रगति विवरण उपर छलफल गरि यस फिल्ड सिजनमा भएको कार्य प्रगतीको समीक्षा गरेको छ |

यस बर्षको फिल्ड कार्य अवधिमा नेपालको झापा, मोरंग, सुनसरी र भारत तर्फको दार्जीलिंग, किशनगंज, अररिया, सूपौल जिल्लामा जम्मा ४२ सीमा स्तम्भहरु मर्मत गरेको र पूर्ण रूपमा क्षतीभएका १७९ सीमा स्तम्भहरु पुनर्निर्माण  भएको छ | त्यसै गरी नेपालको झापा र भारतको दार्जीलिंग जिल्लाको सीमा स्तम्भ नं. ८२ देखि १०१ सम्म को दस गजाक्षेत्र को नापनक्शा सम्पन्न गरि जम्मा ४७ नक्शा-सीटहरु रहेको जानकारी गराएको छ | सीमा स्तम्भ निर्माणका क्रममा सँयुक्त टोलीले पहिलो पटक ठूला नदीहरुका लागि डिजाइन गरिएको ५ वटा सीमा स्तम्भहरु परिक्षण को रूपमा मेची नदीमा निर्माण गरी यो सफलता पछी आगामी बर्ष देखि देशै भरिका ठूला नदीहरुमा बन्न नसकेका सीमा स्तम्भहरु निर्माण कार्यहरु सुरु गर्ने निर्णय गरेको छ | खोला तथा नदीहरुका सीमा स्तम्भ निर्माण गर्दा सम्बन्धित क्षेत्रका बिज्ञहरुको समेत राय सल्लाह लिएर डिजाइन तयार गर्दा सीमा स्तम्भ अझ मजबूत तथा टिकाउ हुने हुँदा सोही बमोजिमको व्यवस्था हुन सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

यस अघि पहिलो वैठक भारतको सुपौलमा सम्पन्न भएको थियो ।वैठकमा भारतका ३ जिल्ला किसनगंज, अररिया र सुपौलका डिस्ट्रिक मेजिष्ट्रेट तथा नेपाल तर्फवाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, वन तथा नापी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो । वैठकको अध्यक्षता नेपाल तर्फवाट झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गर्नु भएको थियो भने भारत तर्फको नेतृत्व अररिया जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेट वैद्यनाथ यादवले गर्नुभएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-27 12:22:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .