Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jhapa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jhapa

Tuesday, Kartik 10, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction

झापा नेपालको प्रदेश नं १ मा रहेको अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराईमा पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गाल सँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार राज्य रहेको छ। यसको उत्तरमा इलाम तथा पश्चिममा मोरङ जिल्ला रहेका छन् । समुन्द्रि सतहवाट नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल-५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई नदिमा ७०२ मी. पनि यसै जिल्लामा पर्दछन्। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र  काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध  पर्यटकीय एवं तीर्थस्थलहरूमा कनकाई धाम कोटीहोम, अर्जुनधारा जलेश्वर धाम, जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदीहरुमा कनकाई नदी, बिरिङ नदी,  रतुवा नदी,  मावा नदी, र मेची नदी रहेका छन् ।

भौगोलिक स्थिति

  • अक्षांश    :- २६.२०" देखि २६.५०" उत्तर
  • देशान्तर  :- ८७.३९" देखि ८८.१२" पूर्व
  • सिमाना   :- पूर्व पश्चिम बङ्गाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारत
  • क्षेत्रफल  :- १,६०६ वर्ग कि.मि.
  • औषत लम्वाई  :- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई  :- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
  • उचाई            :- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।

झापा जिल्लाको अन्तराष्ट्रिय सीमा दुरी (भारतसँग):

  • जम्मा                  : ११८ कि.मि.
  • पश्‍चिम बंगाल      : ३५ कि.मि.
  • बिहार                 : ८३ कि.मि.

 

झापा जिल्लाको सिमाना

पूर्व -  पश्चिम बंगाल, भारत    

पश्चिम - मोरङ्ग   जिल्ला

 उत्तर - इलाम   जिल्ला

दक्षिण - विहार, भारत

 

झापा जिल्लाको राजनैतिक बिभाजन:

  •  संसदीय निर्वाचन क्षेत्र   : ५
  •  नगरपालिका              : ८
  •  गाँउपालिका              : ७
  • जम्मा वडा संख्या        : १३१
  • सदरमुकाम                : भद्रपुर

इलाम जिल्लासंग जोडिएका स्थानिय तहहरु

दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षि नगरपालिका, कनकाइ नगरपालिका, बुद्धशान्ती गाउँपालिका, मेचीनगर नगरपालिका

मोरंग जिल्लासंग सिमाना जोडिएका स्थानिय तहहरु

दमक नगरपालिका, गौरादह नगरपालिका, गौरिगन्ज गाउँपालिका

भारत देशसंग सिमाना जोडिएका स्थानिय तहहरु

गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका

प्रमुख नदिनाला

मावा नदी, रतुवा नदी, बिरिङ नदी, मेची नदी, कन्काई नदी

 


Per Page
Loading Introduction ...
Date Introduction Detail Files Action
2076-05-31
Introduction
2076-05-31
Loading Introduction ...
Last Updated : 2083-07-10 15:29:06

© All Rights Reserved to District Administration Office, Jhapa