Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

भद्रपुर

Visit Nepal 2020 - Ministry of Home Affairs

डेंगु नियन्त्रण सम्बन्धमा मिति २०७६ - ०२-२९ गते बसेको बैठकबाट भएकाे निर्णयहरु

4 महिना अगाडी

2076-02-31


 

निर्णयहरु-

  1. मिति २०७६-२-२९ का दिन प्रदेश नं १ का अन्तरिक मामिला तथा कानुन मन्त्री, ज्यूको अध्यक्षतामा डेंगु नियन्त्रण सम्बन्धमा बसेको बैठकको निर्णयहरु वैठकमा प्रस्तुत भइ सवैमा जानकारी भयो  र सो बमोजिम यस जिल्लामा पनि डेंगु नियन्त्रण सम्वन्धी विविध कार्यक्रम तय गरि कार्यन्वयन गर्ने ।
  2. यस जिल्लामा डेंगु नियन्त्रण गर्न निरोधात्म8'क उपायहरु (उदाहरणका लागि- सफा पानी संकलन गरी खुला भाँडामा नराख्ने, कुनै पनि संरचनामा पानी संकलन हुन नदिने)  अवलम्वन गर्नु पर्ने भएकोले स्थानिय जनतालाई पनि सहभागी गराई राजनितीक, सामाजिक क्षेत्र, शिक्षक, विद्यार्थी, नागरिक समाज, पेशाकर्मी, संचार जगत लगायतले व्यापक अभियान संचालन गर्न आव्हान गर्ने।
  3. डेंगु प्रभाव नियन्त्रणका लागि निरोधात्मक उपाय अपनाउन जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामा आवश्यक जनशक्ती तथा उपचार सामाग्री तयारी हालतमामा राख्न सवै स्थानिय तहमा जिल्ला समन्वय समिति झापा मार्फत लेखी पठाउने । जिल्ला स्वास्थ्य कार्यालय झापाले स्थानिय Fm र पत्रपत्रिका मार्फत डेंगु रोग नियन्त्रणका लागि सचेतनामुलक प्रचार सामाग्री तयार गरि प्रसारण र प्रकासनको व्यवस्था मिलाउने ।
  4. झापाका हरेक विद्यालय तहमा डेगुं नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम संचालन गर्न शिक्षा विकास तथा समन्वय ईकाई मार्फत Pabson/ N-Pabson मा आवद्द सबै विद्यालयमा लेखि पठाउने । उक्त कार्यक्रममा प्रविधिक सहयोग जिल्ला स्वास्थ्य कार्यालय र मेची अंचल अस्पताल र स्थानिय तहका स्वास्थ्य शाखाहरुले एक आपसी समन्वयमा गर्ने । डेगुं विरामीका व्यक्तिको उपचारका लागि प्रबन्ध गर्न स्वास्थ्य कार्यालय झापाले जिल्लाका सवै सरकारी तथा निजी अस्पताल एवम् पोलीक्लनिकहरुमा लेखी पठाउने ।
  5. डेगुं विरामीका उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्स को जिल्लामा अभाव हुन नदिन रेडक्रस सोसाइटी द्धारा संचालित blood bank हरुमा लेखी पठाउने ।