नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


धार्मिक तथा पर्यटकीय स्थलहरु

कुनै पनि राष्ट्रको विकासमा धार्मिक पर्यटनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पशुपतिनाथको मन्दिर लगायतका मन्दिर,मठ, गुम्वा, दरवार आदिका कारण काठमाडौ उपत्यकामा भारत लगायत विश्वकै देशहरुबाट पर्यटकहरुको आगमन तथाआन्तरिक पर्यटकको आगमनले यस क्षेत्रको सामाजिक-आर्थिक विकासमा ठूलो  परिवर्तन ल्याएको छ। त्यसैगरी यस जिल्लामा रहेका धार्मिक स्थलहरुको प्रर्वधन गर्न सकेमा उल्लेख आन्तरिक तथा वाहृय पर्यटकहरुको लागि  गन्तव्य स्थल हुन सक्दछ । यस जिल्लामा रहेका मुख्य(मुख्य धार्मिक स्थलहरुको चिनारी, अवसर तथा विकासका संभावनाहरुको वारेमा उल्लेख गरिएको छ ।


अर्जुनधारा
पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा धाम झापा जिल्लाको अर्जुनधारा गाविस-४ मा रहेको छ । अर्जुनधारा जलेश्वरधाम विर्तामोडबाट लगभग ५ कि.मि. उत्तर को दूरीमा वस, ट्याक्सी आदि चढेर पुग्न सकिन्छ । माहाभारत कालमा पाण्डवहरु गुप्तबास बस्दा लुकेर वसेको ठाउँ दुर्योधन लगायत कौरवहरुले पत्ता लगाई पाण्डवहरुको गुप्ताबास भंग गर्न विराट राजाका नौ लाख गाईहरु हरण गरी लगेकोले कौरवहरुले गाई हरण गरेको स्थान गौ हरण भएको  र सो नाम अपभ्रंश भई गोरुवा हुदै गरुवा भएको (उक्त स्थान हाल इलाम दानाबारी गाविसमा पर्दछ ) किंवदन्ती छ । हरण गरेर लगेको गाईहरु कौरव पक्षले गौहट् (हाल आसाम राज्यको गुहाटी) पुरयाएका थिए । पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुंसक) को रुपमा लुकेर वसको अर्जुनले लुटिएका गाईहरु कौरवहरु सँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आरधना गरी जमिनमा पूर्जन्य  अस्त्र (पानी निकाल्ने यन्त्र) प्रयोग गरी वाणको माध्यमले पानी निकाली गौमातालाई खुवाएको र त्यो पानी निरन्तर धाराको रुपमा वगिरहेकोले यस स्थानको नाम अर्जुनधारा धाम रहन गएको किवदन्ती छ । यस धामको १२ कि.मि. दक्षिणमा विराट राजाको पोखरी विराट पोखर रहेको छ ।
जाड रक्सी र धुम्रपान समेत निषेधित गरिएको  अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी र पोखरीको वीचमा अर्जुनले गाइलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ । सातकुने उक्त पोखरीको दक्षिण तर्फपन्च धातुबाट निर्मित ५ वटा धाराहरुबाट निरन्तर चिसो पानी वगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रंगी विरगीं माछाहरु पाइन्छन् ।
२०५५ सालमा हुलाक टिकटमा  समेत अंकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्षलाखौं स्वदेशी तथा भारतीय तिर्थ यात्रीहरुले भ्रमण गर्ने गरेको पाइन्छ । यस धामको परिसरमा शिव, गणेश, नाग, हनुमान, सरस्वती आदि देवी देवताका मूर्तिहरुका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धार्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको पाईन्छ । यो धाम पूर्वीय दर्शनमा आधारित एवं संस्कृत शिक्षाबाट प्रभावित रहेको छ । यसको परिसर भित्र रहेको सस्कृत मा.वि. नेपाल सरकारको शिक्षा नीति अनुसार संचालित वेद विद्यापीठ हो । कालिका स्थानको गार्गी विद्यापीठ भने गुरुकुल शिक्षा पद्धतिमा आधारित छ । अर्जुनधारा परिसरभित्र संचालित वेद विद्यापीठमा व्राम्हणका अतिरिक्त दलित जातका विधार्थीहरुलाई समेत पढाउने गरीएको छ । यस धाममा प्रत्येक वर्ष बालाचतुर्दशी, श्रावण महिनाभर विभिन्न धार्मिक अवसरहरुमा देश भित्रका तथा भारतबाट समेत आउने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

 

कचनकवल: 
    झापा जिल्लामा रहेको  केचना गा.वि.स.मा पर्ने केचनकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले यो पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल रहेको  छ । यो समुद्री सतहबाट ५८ मी. उचाइमा रहेको छ । यस क्षेत्रमा ४ बिघा जमीन ऐलानी भएको र अत्यन्त होचो  भएको कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने भएकोले हिउँदमा  मात्र आधारस्तम्भमा पुग्न सकिन्छ । यो ठाउँ नेपाल भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ ।

 

 


सतासीधाम:
    हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आँखाबाट एकैचोटि अश्रुवर्षा गरी खोलो बगाउँदा तिनै देवीको नामबाट सतासी हँुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ । झिलझिले बजारबाट करिब ४ कि. मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक – पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् । सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुँइचों लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिकस्थल मानिन्छ ।


कीचकबध:
    कीचकवध भन्ने ठाउँ झापा जिल्लाको पृथ्वीनगर गा. वि. स. मा मेची र देउनियाँ खोलाको संगममा छ । यस ठाउँलाई ऐतिहासिक धार्मिकस्थलको रुपमा लिइन्छ । महाभारतको कथाअनुसार पाण्डवहरु मत्स्यदेशका राजा विराटको दरवारमा गुप्तबास बसेको अवस्थामा विराटका साला एवं मत्स्यदेशको सेनापति कीचकले द्रौपदीमाथि कुदृष्टि दियो । भीमसेनले यो कुरा चाल पाए र कीचकको वध गरे । त्यही भीमसेनले कीचकको वध गरेको ठाउँलाई कीचकवध भनिएको हो भन्ने भनाइ छ ।

 

 

 

 

 

विराटपोखर:
         अनारमनी विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गा. वि. स. क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरु विराटपोखर भन्ने गर्दछन ।

 

 

 

 


कन्काईमाई:
    झापा जिल्लाको करीब बीचभागबाट बग्ने कन्काई नदीलाई नै कन्काईमाई   भनिन्छ । यसलाई प्रसिद्ध धार्मिक नदीको रुपमा लिइन्छ । कन्काई नदीमा पूजा गर्ने भाकल ग¥यो भने आफ्नो मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ । यसैको आधारमा यो नदीमा विभिन्न समुदायका मानिसहरु गई पूजा गर्ने गर्छन् । सुरुङ्गास्थित कन्काईनदी किनारमा माघेसंक्रान्तिको दिन ठूलो मेला लाग्छ । महेन्द्र राजमार्गको कनकाईपुल आसपासमा नदीका दुवै किनारमा विभिन्न सम्प्रदायका हिन्दूमन्दिरहरु छन् ।

 

 


समयगढ:
    त्रिगर्त नरेश सुशर्माले महाभारत कालमा राज्य गर्दा बनाएका गढहरु हाल तोपगाछी गा. वि. स. मा रहेको छ । यसलाई स्थानीय बासिन्दाहरु सेमेगढ पनि भन्ने गर्दछन् ।


चिल्लागढ:
    कन्काई माईको किनारामा अवस्थित चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर त्यसमा किराँतहरुले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन् ।


चन्द्रगढ: 
    चन्द्रगढी गा. वि. स. को वडा न. २ मा ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर  आई सैनिक किल्ला कायम गरी भौतिक रुपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएकोमा हाल उक्त इनार भग्नावशेष को रुपमा पाइन्छ । हाल उक्त स्थानमा गौशाला र लक्ष्मी नारायण मन्दिरको निर्माण गर्ने र आवधिक योजना निर्माण गरी पर्यटकीय स्थल निर्माण गर्ने कार्यमा स्थानीय जनता, गा. वि. स. र धार्मिक तथा सामाजिक संघसस्था लागिपरेको पाइन्छ । यही चन्द्रगढको नामबाट झापा जिल्लाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको पाइन्छ


कृष्ण थुम्कि:  
झापा जिल्लाको बाहुण्डांगी गा. वि. स. अन्तरगत पर्ने एक धार्मिक तथा पर्यटकिय स्थल ।


जामुनखाडी सिमसार क्षेत्र :
     जामुनाखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सुरुगां गाविसको वडा न. २ र ५ को डाँडागाउँमा अवस्थित छ । स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रलाई सिमसार क्षेत्र घोषणा गरि आवागमनका लागि खुल्ला गरिएको छ । स्थानीय जामुनखाडी सामुदायिक बनभित्रको केही भूभागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न शुरु गरिएको हो । पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटरको दूरीमा सुरुङ्गा गाविस २ र ५ वडामा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भूभागमध्ये १०हेक्टर अर्थात १४ विगाह ८ कठ्ठा ६ धुर विगाह जमिनलाई समेत सिमसार क्षेत्रको रुपमा विकास गर्ने योजना छ । ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ । ४ विगाह क्षेत्रकोबीचमा रहेको लाम्चो आकारको पोखरी पर्यटक लोभ्याउने प्रमुख आकर्षणको विन्दु रहेको छ । आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीभित्र व्यवसायिक रुपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र त्यहाँभित्रनै माछापालन समेत गरिएको छ । विश्वमै दुर्लभ मानिएको अजिङ्गर यहाँको अर्को आकर्षणको कारण हो। त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृग, जरायो आदि यहाँका गहना हुन् । जुन हेर्न कै लागि पनि पर्यटकहरु आउने गरेको छन ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय