नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


जिल्लाको परिचय

      नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गाल सँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई  ७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका   काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध   पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा, जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी,   रतुवा नदी मावा नदी, मेची नदीलाई जानिन्छ । >> सबै हेर्नुहाेस्



 

  यससंग साथै जोडीएका विवरणहरु

Title Size Download
238 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय