नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


परिचय

      नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गाल सँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई  ७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र  काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध   पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा, जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी,   रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।


भौगोलिक स्थिति

  • अक्षांश:- २६.२०" देखि २६.५०" उत्तर
  • देशान्तर:- ८७.३९" देखि ८८.१२" पूर्व
  • सिमाना:- पूर्व पश्चिम बङ्गाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारत
  • क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
  • औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
  • उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।

सिमाना

पूर्व -  बंगाल, भारत    पश्चिम - मोरङ्ग     उत्तर - इलाम   दक्षिण - विहार, भारत


राजनैतिक एवं प्रशासनिक बिभाजन

विकास क्षेत्र - पूर्वाञ्चल    जिल्ला - झापा          सदरमुकाम - भद्रपुर

संसदिय निर्वाचन क्षेत्र-७   नगरपालीका - ८       इलाका - १७

गा. वि. स. - ३३       वस्ती संख्या - १९३४


इलाम जिल्लासंग जोडिएका गाविसहरु

दमक नगरपालिका, लखनपुर, तोपगाछी, सतासीघाम, सुरुङ्गा, खुदुनावारी, बुधवारे, शान्तिनगर, बाहुण्डांगी


मोरंग जिल्लासंग सिमाना जोडिएको गाविस तथा नगरपालिकाहरु

दमक नगरपालिका, कोहवरा, खजुरगाछी


भारत देशसंग सिमाना जोडिएको गाविस तथा नगरपालिकाहरुः

खजुरगाछी, गौरीगञ्ज, कोरोवारी, महाभारा, कुमरखोद, टाघनडुब्बा, शरणामती, घेरावारी, 

पथरिया, केचना, पाठामारी, महेशपुर, भद्रपुर नगरपालिका,ज्यारमगढी, चन्द्रगढी, मेचीनगर नगरपालिका, बाहुण्डांगी

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय